१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले घर पुर्दा एकको मृत्यु

निरन्तरको वर्षाका कारण पहिरोले घर पुर्दा कालिकोटमा एकको मृत्यु भएको छ। वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ भने कर्णाली करिडोर जोड्ने फेरी बगाउँदा यातायात ठप्प भएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार कालिकोटको महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको पहिरोले घर पुरिँदा मृत्यु भएको हो।

मंगलबार विहान घर माथिदेखि आएको पहिरोमा परेर अधिकारीको मृत्यु भएको उनको भनाइ छ। पहिरोमा पुरिएकी स्मृतिकी बहिनीलाई भने स्थानीय र प्रहरीले सकुशल उद्दार गरेका थिए। पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने कालिकोटको जीतेगडाको कर्णाली नदीमाथिको फेरी बगाएको छ।

खाडाचक्र नगरपालिका–२ स्थित जीतेगडाको फेरी मंगलबार विहान बगाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ‘निरन्तरको वर्षाका कारण पानीको बहाव बढेकाले बाँधेर राखेर फेरिको लट्ठा चुटिएर बगाएको हो,’ उनले भने, ‘फेरि कहाँ पुग्यो त्यसको खोजतलास भइरहेको छ ।’

निरन्तरको वर्षाका कारण कर्णाली राजमार्ग र कर्णाली करिडोर पूर्ण अवरुद्ध भएको छ। वर्षाले दुबै राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा आवागमन ठप्प भएको एसपी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०७८ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App