१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मैतीदेवी मन्दिर परिसरमा बगैंचा बनाउने तयारी

काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा बगैंचा निर्माण गरिने भएको छ। विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रूपमा बस्न सकिने र अरू बेला पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैंचा बनाउन लागिएको हो। 

बगैंचा बनाउन काठमाडौं महानगरले १ करोड ३५ लाख रूपैयाँ बजेट विनियोजन गरेको वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए। मन्दिर परिसरमा बगैंचा निर्माणसँगैरेलिङ बार पनि परिवर्तन गरिने छ ।

बगैंचाको काम सुरु गर्न गत आवमा ५० लाख रूपैयाँ बजेट विनियोजन गरेकामा त्यसबाट काम हुन नसकेको उनले सुनाए। २०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। त्यसबेला जनअपेक्षा अनुरूप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो। 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरलाई हस्तान्तरण गरिएको थियो। मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३०रोपनी जग्गा भए पनि हाल दुईरोपनी मात्र बाँकी छ। बाँकी जग्गालाई महानगरले बगैंचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरले जनाएको छ। 

बगैंचाको डिजाइन बनाउने काम सम्पन्न गरी पूर्वाधार विभागले ठेक्का निकालेको छ। महानगर–९, २९र ३० मा मन्दिरका नामकोराजगुठीको जग्गारहेको छ। वडा नम्बर ९ को जग्गा खाली छ। वडा नम्बर २९र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए।  

प्रकाशित: २ कार्तिक २०७८ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App