१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ।

किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडाैं जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ। बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ।

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ।

बसको ब्रेक नलागेपछि चालकले विपरित दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए।

दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दाबढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेका थिए।

प्रकाशित: १ कार्तिक २०७८ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App