५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा २७९ जना कोरोना संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जना काेराेना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ४३ महिला र १ सय ३६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रदेशमा ९३ जना नयाँ संक्रमित थपिएका छन्। ३ सय ५० जनाको पिसिआर परीक्षण गर्दा ७९ र २ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो।

मोरङको विराटनगरमा २२, सुन्दरहरैँचामा ३, जहदा, मिक्लाजुङ र बुढीगंगामा १–१, सुनसरीको धरान र इटहरीमा ९–९, दुहबीमा ४, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा १२, दमकमा ४, विर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयलले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७८ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App