१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उमा अधिकारी बनिन् एकदिने गाउँपालिका अध्यक्ष

जुम्ला हिमा गाउँपालिका ६ की २० वर्षीया उमा अधिकारी एकदिने गाउँपालिका अध्यक्ष बनेकी छिन्। बालिका तथा किशोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार बन्ने अपेक्षासहित उनी एक दिनका लागि अध्यक्ष बनेकी हुन्।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उमा अधिकारीलाई एक दिनको अध्यक्ष पद हस्तान्तरण गरेका हुन्। गाउँकार्यपालिका सदस्य, वडाध्यक्ष, गाउँपालिका भित्रका राजनीतिक दल, नागरिक समाज, शिक्षक, कर्मचारीको बसेको सर्वपक्षीय बैठकले एक दिनका लागि उमा अधिकारीलाई गाउँपालिका अध्यक्ष बनाउने निर्णय गरेको थियो।

'विश्व एक्काइसौँ शताब्दिमा भएको बेला हामी १८ औँ शताब्दिमा छौँ', उनल भने, ‘अब हरेक हिसावले बलियो बन्नु पर्ने अवस्था छ।’ 

'अहिले नेपाली चेली विदेशमा बिक्री भइरहेका छन्। गाउँमा बालविवाह, बहुविवाह व्याप्त छ', उनले अगाडि भने,‘एक दिनको अध्यक्षले बालविवाह, बहुविवाह कन्ट्रोल गर्ने जिम्मेवारी लिनुहुनेछ।’

उनले एक सक्षम किशोरीलाई एक दिनको अध्यक्ष जिम्मेवारी सुम्पन पाउँदा खुसी लागेको बताए। अध्यक्ष शाहीले भने, ‘यो समाजमा जसले गर्छ। उसले पाउँछ। जसले केही गर्दैन उसले प्रगति गर्न सक्दैन। एक दिनको गाउँपालिका अध्यक्ष मात्र होइन। जीवनभरी अध्यक्ष बनोस भन्ने प्रेरणा प्रदान होस।’

यो हिमा गाउँपालिकाको कमाण्ड गरेर शुसभ्य बनाउन अबको ध्यान केन्द्रित हुनेछ।  

किशोरीलाई एकदिनको अध्यक्ष बनाएर नयाँ संस्कारको सुरुवात भएको उनले बताए। उनले भने, ‘निकट भविष्यमै यो गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गर्दैछौँ। यो कार्यले बालविवाह नियन्त्रण गर्न टेवा पुगेको छ।’

एकदिनको अध्यक्ष उमा अधिकारीले बालविवाह जस्ता विकृतिजन्य क्रियाकलाप रोक्न प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, ‘बढ्दो अनलाइनको प्रयोगले बालिका तथा किशोरीमाथि हिंसा भइरहेको छ। इन्टरनेटबाट चल्ने सबै सञ्चार माध्यमको सही सदुपयोग गरेर प्राविधिको सही प्रयोग गर्न आवश्यक छ।’ उनले अनलाइनको प्रयोगका बारेमा समाजमा सकरात्मक सन्देश फैलाउने र हरेक विद्यालयमा गएर इन्टरनेटको सही प्रयोगका विषयमा सहजीकरण गर्ने बताइन्।

अध्यक्ष अधिकारीले बालविवाह मुक्त समाज निर्माण गर्न गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। गाउँपालिकाले अध्यक्ष पद हस्तान्तरण गर्न गरिएको निर्णयसहितको माइनुट दिएर एक दिनका लागि अध्यक्ष जिम्मेवारी दिएका थिए।

एकदिनको अध्यक्ष अधिकारीले पालिकाको तर्फबाट बालिका प्रोत्साहनका कार्यक्रम ल्याउने बताइन्। उनले सबै प्रकारका हिंसा अन्त्य गर्न जुट्नु पर्नेमा जोड दिइन्।

हाल बढ्दो रुपमा रहेको इन्टरनेटको सुविधामा बालिका तथा किशोरीहरुले लाभ लिन सकुन्। उनीहरुको पहुँच पुगोस्। क्षमता वृद्धि होस भन्ने हामी चाहन्छौँ। उनले भनिन्,‘अनलाइनमा बढ्दो झुटो जानकारी र गलत तथ्यहरु सार्वजनिक गरि भ्रमित गरिने अभ्यासबाट सचेत गराउनु पनि स्थानीय सरकारको दायित्व हो। अनलाइनबाट हुन सक्ने दुर्व्यवहारको जोखिमबाट सचेत पार्न संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहनेछ।’

सिँजा गाउँपालिका, प्लान इन्टरनेश्नल नेपाल,हामी दाजुभाई र क्याड नेपाल लगायतका संघ संस्थाहरुसंग सहकार्य गरी गल्स सेट इक्वायल, फ्रि टु बी अनलाइन जस्ता अभियानलाई स्थानीय स्तरमा अघि बढाउन तयार रहेको जानकारी दिइन्।

अध्यक्ष बनिसकेपछि अधिकारीले बालिकाबाट पदीय जिम्मेवारीमा रही अनलाइनमा बालिका तथा किशोरीको पहुँच र सुरक्षाका बारेमा पालिकाको तर्फबाट प्रतिबद्धता जनाइन्। उनले बालिकाहरुको विश्व आवाजलाई पढेर सुनाउँदै आफ्नो प्रतिबद्धता पत्र पढेर सुनाइन्।

वास्तविक गाउँपालिका अध्यक्षको लेटरहेडमा प्रतिबद्धता पत्र प्रिन्ट गरेर नाम, हस्ताक्षर र संस्थागत छाप लगाएर गाउँपालिकामा राखिन्।

अध्यक्ष अधिकारी किशोरी तथा बालिका हकहीतका बारेमा वकालत गर्दै आइराखेकी छिन्। एक दिनको अध्यक्ष अधिकारीलाई गाउँपालिका अध्यक्ष रजबहादुर शाही, उपाध्यक्ष हिमाली रोकाया, वडाध्यक्ष र कर्मचारीले खादा र अबिर लगाइदिएर स्वागत गरेका थिए।

प्रकाशित: २३ आश्विन २०७८ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App