१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा १९२ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ९२ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३२ र ३ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो। झापाको कनकाईमा १३, विर्तामोडमा ११, दमकमा १०, भद्रपुरमा ९, मेचीनगर र अर्जुनधारामा ५–५, बुद्धशान्तिमा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको छ।  

मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरेमा ३, उर्लाबारी, बुढीगंगा र स्थानीय तह नखुलेका २–२, रतुवामाई, सुन्दरहरैचा र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरी र धरानमा ६–६, दुहवीमा २, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। इलामको चुलाचुली, धनकुटाको पाख्रिबार र उदयपुरको कटारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो।

प्रदेश १ मा मंगलबार  १ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ३ महिला र ७९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App