६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पैसा दिएर मान्छे मार्न लगाउने योजनाकार पक्राउ

पुरानो रिसिइबी साध्न पैसा दिएर मान्छे मार्न लगाउने व्यक्ति अन्ततः पक्राउ परेका छन्। गत भदौ २६ मा रौतहटको चन्द्रपुर नपा ३ गैडाटारका ५० वर्षीय रोहिनीप्रसाद घोरासैनीको हत्या गर्न लगाउने चन्द्रपुर ४ कप्तानटोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे पक्राउ परेका हुन्।

पुरानो रिसिइबी साध्न बोलखेले गैडाटारकै ४५ वर्षीय प्रह्लाद फुयाल, पर्सा जिल्लाको पर्सागढी गापा ३ का २४ वर्षीय रमेश पहरी र पूर्वी नवलपरासी जिल्लाको कावासोती नपा ८ का २३ वर्षीय सूर्यबहादुर भन्डारीलाई तीन लाख रुपैयाँमा हत्या लगाएका थिए।  

बोलखेको योजनामा पैसाको लोभमा गैँडाटारस्थित कालापानी सामुदायिक बनको झाडीभित्र घोरासैनीको हत्या गरेर रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्ड्याएको आरोपमा प्रहरीले यसअघि नै तीन जनालाई नियन्त्रणमा लिइसकेको थियो। फरार रहेका पैसा दिएर मान्छे मार्न लगाउने मुख्य योजनाकार बोलखेलाई खोजतलास गर्ने क्रममा असोज १७ गते राती काठमाडौँबाट स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।  

हत्याका मुख्य योजनाकार पक्राउ परेपछि घटनाको विषयमा थप कुरा बाहिर आउने विश्वास प्रहरीको छ। पक्राउ परेका सबैलाई रौतहट जिलल अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लीलाराज लामिछानेले जानकारी गराएका छन्।

प्रकाशित: १९ आश्विन २०७८ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App