७ वैशाख २०८१ शुक्रबार
समाज

९० वर्ष माथिका ४५ ज्येष्ठ नागरिक सम्मानित

रौतहटको गुजरा नगरपालिकाले ९० वर्ष माथिका ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगर प्रमुख सन्तलाल चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत विनोद जयसवालले संयुक्त रुपमा सम्मान गरेका हुन्।

नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजन गरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो। पालिकाको तर्फबाट कम्बल तथा दोसल्ला ओढाएर सम्मान गर्दै नगर प्रमुख चौधरीले ज्येष्ठ नागरिकको सम्मान भनेको अग्रजको सम्मान र अग्रजबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न बाँकी रहेको बताए।

पालिकाले ज्येष्ठ नागरिकलाई अन्य किसिमले पनि सम्मान गर्दै आएको बताउँदै संस्कृतिका धरोहर ज्येष्ठ नागरिकलाई वर्तमान पुस्ताले गर्ने सम्मानबाट सम्मानको संस्कृति बचाउन सहयोग पुग्ने विश्वास जनाए। 

प्रकाशित: १५ आश्विन २०७८ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App