३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

लाखौको सामान भन्सार चलान

जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौको सामान बरामद गरी भन्सार चलान गरेको छ। विभिन्न मिति र विभिन्न ठाउँबाट बरामद गरिएका सामानहरु रौतहट प्रहरीले बिहीबार भन्सार बुझाएको हो।  

जिल्लाको सीमानाकाहरुबाट हुने भन्सार छली, चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्लाको प्रहरी इकाइ तथा टोलीले भारतबाट अवैध रुपमा भन्सार चली, चोरी पैठारी गरी नेपालतर्फ ल्याएको र नेपालबाट भारततर्फ लैजान लागेको सामानहरु बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याइएका चिनी, कपडा, कस्मेटिक लगायतका मालसामानहरु प्रहरीले बरामद गरी भन्सारलाई बुझाएको हो। बिहीबार बुझाएको सामानको मूल्य एक लाख ४४ हजार ८२८ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

यसै गरी नेपालबाट भारततर्फ अवैध रुपमा पठाउन तयार पारिएको तर बेवारिसे अवस्थामा रहेको ३३ हजार ८०० रुपैयाँ मूल्य बराबरको सौफी रक्सी प्रहरीले बरामद गरी भन्सार चलान गरेको छ।  

घरासयी प्रयोजनका लागि भारतबाट सामान किनेर ल्याउँदा पनि भन्सारका कर्मचारीले दुःख दिइरहेको गुनासो आइरहेको समयमा प्रहरीले अवैध चोरी निकासी नियन्त्रणमा विशेष चासो देखाएको हो।

प्रकाशित: १४ आश्विन २०७८ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App