२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकले ठक्कर दिँदा युवकको मृत्यु

मेची राजमार्गको इलाम नगरपालिका–१ साखेजुङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। ना५ख ४९८७ नम्बरको ट्रकले ठक्कर दिँदा ताप्लेजुङको याङ्वरक गाउँपालिका–६, खुम्बेदिनका अन्दाजी २३ वर्षे राजेश नेपालको मृत्यु भएको हो।

खाना खान रोकिराखेको प्र.१–०१–००१ ख ३४७१ नम्बरको ट्रकका सहचालक नेपाललाई इलामबाट पाँचथरतर्फ जाँदैगरेको ट्रकले राजमार्गमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि इलाम अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३४ वर्षे सुकमान राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७८ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App