६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मेयरलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

फाइल तस्बिर

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक धरौटीमा रिहा भएका छन्। पहिरोग्रस्त क्षेत्र अवलोकनमा गएका बेला मेयर सुवेदीलाई मुक्का हानेका युवक गणेश पंगेनी ५ हजार धरौटीमा रिहा भएका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले पंगेनी आज ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए। पंगेनीले यही असोज ४ गते बिहान बुटवल ३ ज्योतीनगरको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीमाथि मुक्का हानेका थिए।

पंगेनी ज्योतीनगरका पहिरो पिडित हुन। ज्योतीनगर–लक्ष्मीनगरको पहिरो प्रभावितहरुको उचित व्यवस्थापनमा ध्यान नदिएको भन्दै आक्रोसित भएका स्थानीयहरु मेयरलाई देखेपछि झनै आक्रेसित भएका थिए। सोही क्रममा तत्काल जेसीवी चलाएर पहिरो पन्छाउन स्थानीयले आग्रह गर्दा मेयर सुवेदीले जेसीवीमा तेल नभएको र तेल किन्ने बजेट पनि नभएको प्रतिक्रिया दिएपछि झडपको स्थिति सृजना भएको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ। 

पंगेनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य पनि हुन। पंगेनीलाई प्रहरीले घटनाकै दिन पक्राउ गरी शान्ति सुरक्षा विरुद्धको कसुर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको थियो। एमाले रुपन्देहीका अध्यक्ष समेत रहेका मेयर सुवेदीलाई मुक्का प्रहार गर्ने पंगेनी एमालेकै युवा नेता भएकाले पार्टीले उनी विरुद्ध कुनै कारबाही या मुद्धा नचलाउने बताएको थियो। 

प्रकाशित: १२ आश्विन २०७८ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App