१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा पोखरीको पनि मेला

पोखरीको पनि मेला लाग्ने गरेको थाहा पाउँंदा तपाईलाई अच्चम लाग्न सक्छ तर भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ। भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने गर्दछ। मेला भर्न भक्तपुरसहित काठमाडौं उपत्यकाभरबाट हजारौं श्रद्धालु पोखरीमा पुगेका थिए।

मेलाको दिन यहाँं विहानदेखि भक्तजनको भीड लागेको थियो। मेलाको क्रममा विहानदेखि हजारौ भक्तपुर नगरबासी पोखरीमा पुगेर स्नान गरेका थिए। वर्षभरिमा पोखरीमा यही एक दिन मात्रै स्नान गर्न त्यहाँं छुट छ। सम्भावित दुर्घटनालाई मध्यनजर गरी नगरपालिकाले त्यहाँं स्नान गर्न वन्देज लगाइराखेको छ। नगरपालिकाले पोखरीमा डुबेर आत्महत्यालगायतका दुर्घटना होला भनेर सुरक्षाका लागि २४ सै घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ। सुरक्षालाई ध्यान दिँंदै पोखरीभित्र जान राति बन्देज लगाएको छ।  

नगरकै सवैभन्दा ठूलो तपुखू (ठूलो पोखरी सिद्धपोखरी) मा यो दिन विहान स्नान गर्ने मात्रै नभई पौडी खेल्नेहरुको घुँंइचो लाग्ने गर्दछ। करिव पाँंच सय मिटर लामो यो पोखरीमा वारपार गरेर पौडी खेल्ने प्रतिस्पर्धा नै चल्ने गर्दछ।  

यसअघि आइतबार साँंझ नै पोखरीमा खौमास्थित इन्द्रायणीको देवता पुर्‍याइएको थियो। खौमामा रहेको इन्द्रायणीको देवतालाई खटमा राखेर बाजागाजाका साथ भक्तपुर आधा भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुर्‍याइएको थियो। यसपछि सोमबार विहान त्यहाँं मेला लागेको हो।  

विहान यही इन्द्रायणी देवताको दर्शन र स्नानका लागि भक्तालु पोखरी पुगेका थिए। मेलाको दिन साँंझ इन्द्रयणी देवतालाई पोखरीबाट उठाएर बाँंकी आधा नगर परिक्रमा गराई खौमास्थित इन्द्रायणीपीठै पुर्‍याइएको छ।  

इन्द्रायणी पीठका मुल पुजारी गोविन्द मल्लले खासमा यो इन्द्रायणीको जात्रा भए पनि सर्वसाधारणले बढी सिद्धपोखरीको जात्राको रुपमा लिने बताए। इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाको रुपमा पनि बुझ्ने उनले बताए।

संस्कृतिविद जननीप्रसाद मुलका अनुसार सिद्धपोखरी मेला इन्द्रजात्राकै एक सिलसिला हो। रोपाइ सकेर पानी पर्न पुग्यो भनेर इन्द्रलाई सन्देश पुर्‍याउने रुपमा यो इन्द्रायणी मेला हुने गरेको उनले बताए।

सिद्धपोखरी जिल्लाकै सबैभन्दा ठूलो पोखरी हो। भक्तपुर नगरका सानाठूलो ३४ पोखरीहरुमध्ये यो सबैभन्दा आकर्षक अनि ठूलो पोखरी हो। पोखरीको चारैतिर परम्परागत रुपमै पर्खालले घेरिएको छ। पोखरीमा माछा पालेर राखेकाले पनि यो थप आकर्षको केन्द्र बनेको छ। साथै पोखरीको वरिपरि बगैंचा छन्।  

बगैंचा हेरचाहका लागि मात्रै भक्तपुर नगरपालिकाले त्यहाँं कर्मचारी र सुरक्षाका लागि गार्डलाई खटाउँंदै आएको छ। पोखरी घुम्न सामान्य दिनमा मात्रै पनि दैनिक हजारौं प्रकृतिप्रेमी पोखरी पुग्छन्।

प्रकाशित: ४ आश्विन २०७८ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App