६ कार्तिक २०७८ शनिबार
समाज

'गाँजा भनेको गाँजा हो, आधा नेपालीको खाजा हो'

गाँजालाई वैधता दिन माग गर्दै एक समूहले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। 

साथै उनीहरुले दुई साताअघि गाँजा राखेको आरोपमा पक्राउ परेका राजीव काफ्लेको रिहाईको माग गरेका छन्।

उनीहरूले गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग राखेका छन्। प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ’,‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो, गाँजा भनेको गाँजा हो आधा नेपालीको खाजा हो' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

दुई साताअघि नेपाल प्रहरीले गाँजा सेवन र बिक्रीको आरोपमा राजीव काफ्लेलाई पक्राउ गरेको थियो।

प्रकाशित: ४ आश्विन २०७८ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App