१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित एक जना पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिका–५ बाट २ वटा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

मिक्लाजुङ–५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई २ वटा भरुवा बन्दुकसहित बिहीबार साँझमा पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले घरमा लुकाइछिपाइ राखेको अवस्थामा २ नाल बन्दुकसहित लिम्बूलाई पक्राउ गरेको हो।  

प्रहरीले वन्यजन्तुको चोरी सिकारीका लागि भरुवा बन्दुक राखिएको हुनसक्ने आशंका गरेको छ। लिम्बूविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउन शुक्रबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७८ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App