१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा युवकको मृत्यु

विराटनगर महानगरपालिका–१२ मा बिहीबार राति भएको स्कुटर दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्मा आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। को २१ प ५६१२ नम्बरको स्कुटर दक्षिणबाट उत्तरतर्फ आउँदै गर्दा आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।  

विराटनगर–१२ कोसी प्रोजेक्टस्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा परेर शर्मा घाइते भएको र उनको कोसी अस्पतालमा उपचारका क्रममा राति पौने १ बजेतिर मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए। प्रहरीले घटनाका थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: १ आश्विन २०७८ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App