१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ३८० जना कोरोना संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमणमुक्त हुँदा ३ सय १५ जना संक्रमित थपिएका छन्। ८ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९८ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेह्रथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।  

मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैँचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २–२, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, विर्तामोड, हल्दिबारी, कनकाई र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौबिसे, पाख्रिबास, सहिदभूमि, र छथर जोरपाटीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र तेह्रथुमको म्याङ्लुङमा २–२, संखुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा शुक्रबार ३ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ९६ महिला र १ सय ८४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७८ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App