१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पथरी उद्योग वाणिज्य संघमा तामाङ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका व्यापारीहरुको संस्था पथरीशनिश्चरे उद्योग वाणिज्य संघको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित भएका छन्।

नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी समूहको साझा प्यानल र नेकपा एमालेको अर्को प्यानल बनाएर चुनावमा प्रतिष्पर्धा भएको थियो। दुई प्यानल भए पनि नतिजा मिश्रित आएको छ। 

कांग्रेसका जिल्ला सदस्यसमेत रहेका साझा प्यानलबाट अध्यक्षका उम्मेद्वार धनकुमार तामाङ ७ सय ३८ मतका साथ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्दी निवर्तमान अध्यक्ष दीपक बस्नेतले ६ सय ८६ मत प्राप्त गरे। १४ सय ५८ खसेको मतमा ५२ मतान्तरले तामाङ विजयी भएका हुन्। तामाङ यस अघि अध्यक्ष भइसकेका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा एमालेका यादवचन्द्र दुलाल, उपाध्यक्षमा एमालेकी आशा राई, महासचिवमा साझा प्यानलका राजेन्द्र बस्नेत निर्वाचित भए। वणिज्य सचिवमा एमालेका ईश्वरी सापकोटा, उद्योग सचिवमा साझा प्यानलका प्रेमप्रसाद सुवेदी, कोषाध्यक्षमा साझा प्यानलका विजयजंग बस्नेत विजयी भए।

त्यस्तै खुल्ला सदस्यमा तुलसी लुनिया, इन्द्रबहादुर राई, निलम बस्नेत, हरिराज प्याकुरेल तथा महिला सदस्यमा जुनी थपलिया र देवी राई निर्वाचित भए। लेखा संयोजकमा कृष्णप्रसाद भट्टराई, लेखा सदस्यहरुमा प्रदीप पराजुली र एल्सन बास्तोला विजयी भए।

प्रकाशित: ३१ भाद्र २०७८ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App