१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते

कोशी लोकमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–३ मा भएको सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। कार दुर्घटनामा परी बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। मृत्यसहित अन्य तीन कारमा सवार रहेका थिए।  

बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा बिहान साढे ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएको र उनीहरुको विराटमै उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए।

मुटुसम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर मृतक चन्द्रकला र घाइते सानी उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको प्रहरीले जनाएको छ। कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने घटनाको थप अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: ३१ भाद्र २०७८ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App