१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नौ किलो गाँजा र मोटरसाइकल बरामद

विराटनगर महानगरपालिका–१८ बाट ९ किलो गाँजा र तस्करीमा प्रयोग गरिएको मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल बिओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को३३प ६६८० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ।  

सशस्त्र प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेकाहरू फरार भएका थिए। मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा त्यहाँ रहेको जेब्रा झोलाभित्र ९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।  

गाँजा र मोटरसाइकल बरामद गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। गाँजा र मोटरसाइकल छाडेर फरारको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको एसपी पौडेलले बताए। सशस्त्र प्रहरीले लागुऔषध गाँजा नेपालबाट भारततिर तस्करी गरेर लैजान खोजिएको हुनसक्ने जनाएको छ।

प्रकाशित: ३० भाद्र २०७८ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App