१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक दिनका लागि १६ वर्षीया सुस्मिता बनिन् गाउँपालिका प्रमुख

१६ वर्षीया सुस्मिता ऋषिदेवलाई मोरङको बुढीगंगा गाउँपालिकाको प्रमुख बनाइएको छ। उनलाई ५७ औं राष्ट्रिय बाल दिवसका अवसरमा एक दिनका लागि गाउँपालिको प्रमुख बनाइएको हो।

गाउँपालिका प्रमुख बालचन्द्र माझीले एक दिनका लागि आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रूपमा गाउँपालिका अध्यक्ष लागि ऋषिदेवलाई जिम्मेवारी प्रदान गरे। जिम्मेवारी पत्र पाएपछि बालिकाको अध्यक्षतामा कार्यपालिका बैठक बसेको थियो। पहिलो बैठकले बुढीगंगा गाउँपालिकाका बालबालिकाका लागि ५० हजार रुपैयाँ विनियोजन गर्‍यो।  

त्यसैगरी, बालबालिका मैत्री पूर्वाधार र बाल विवाह रोक्ने, बाल क्लबमार्फत बालबालिको क्षमता वृद्धि विकासका लागि योजना बनाउने, बालबालिकाको विकासका शीर्षकमा बजेट वृद्धि गर्ने, विद्यालय र स्वास्थ्यको क्षेत्रमा विशेष योजना बनाउने जस्ता निर्णय बैठकले गरेको छ। कार्यपालिका बैठकपछि नजिकै रहेको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गरे। बालबालिकाले स्थानीय तहलाई कसरी बुझेका छन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले बताए।  

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकालाई दिलाउने उद्देश्यले एक दिनका लागि जिम्मेवारी दिएर गाउँपालिका प्रमुख बनाइएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए। उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गर्दै नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम तय भएको हो।  

तीन तहको सरकारमध्ये स्थानीय तहको सरकारले बालबालिकाका विषयलाई कसरी सम्बोधन तथा व्यवस्थापन गरेको छ र गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छ भनेर बालबालिका स्वयंलाई अनुभूत दिलाउने कार्यक्रमको उद्देश्य हो। गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार सुस्मितालाई गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रमाणपत्र दिएर अध्यक्षको पदभार ग्रहण गराइएको थियो।

प्रकाशित: २९ भाद्र २०७८ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App