१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नाै किलो गाँजासहित मोटरसाइकल बरामद

विराटनगर महानगरपालिका–१८ बाट ९ किलो गाँजा र तस्करीमा प्रयोग गरिएको मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।  

सशस्त्र प्रहरी बल बिओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ। 

सशस्त्र प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेकाहरु फरार भएका थिए। मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा त्यहाँ रहेको जेब्रा झोलाभित्र ९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।  

गाँजा र मोटरसाइकल बरामद गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। गाँजा र मोटरसाइकल छाडेर फरार बनेकाको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको एसपी पौडेलले बताए। सशस्त्र प्रहरीले लागुऔषध गाँजा नेपालबाट भारततिर तस्करी गरेर लैजान खोजिएको हुनसक्ने जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७८ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App