७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

त्रिचन्द्र कलेज र घन्टाघरको पुनर्निर्माण हुने

देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घन्टाघरलाई ऐतिहासिक महत्व झल्किनेगरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन्।  

विश्वविद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका रूपमा विकास गरिने अध्यादेशमा उल्लेख छ। नारायणहिटी दरबार संग्रहालयमा ‘रामापिथेकस’देखि देशको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक प्रतिमा राखेर शासकीय संग्रहालयका रूपमा विकास गर्ने अध्यादेशमा उल्लेख छ। ‘नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि देशको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालयको निर्माण प्रारम्भ गरिनेछ,’ अध्यादेशमा भनिएको छ।  

त्यस्तै योगमायादेखि हालसम्मका सहिद, नेपालको ऐतिहासिक जनआन्दोलन तथा जनयुद्ध र मधेस आन्दोलनलगायतमा नेतृत्व गर्ने राजनीतिज्ञको इतिहास समेटेर संग्रहालय निर्माण गरिने भएको छ। ‘संग्रहालय निर्माण प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरेको छु,’ अध्यादेशमा उल्लेख छ, ‘नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक संग्रहालय स्थापना गरिनेछ।’

प्रकाशित: २६ भाद्र २०७८ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App