१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँचीको शितगंगामा हाईस दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

अर्घाखाँचीको शितगंगामा हाईस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १० जना घाइते छन्।

काठमाडौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्बरको हाईस शितगंगा नगरपालिका वडा नम्बर–३, ठाडामा दुर्घटना हुँदा भुमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुराका अन्दाजी ३० वर्षीय संजय बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।  

सडकदेखि करिब ४ सय मिटर तल खसेको हाईसमा चालकसहित ११ जना सवार थिए। घाइते ७ जनालाई भैरहवा मेडिकल कलेज रिफर गरिएको छ। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ।  

हाईस चालक सुदन रायमाझी, सहचालक टेकराज बन्जाडे र १ जना यात्रुको सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा उपचार भईरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ।  

दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७८ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App