२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भन्सार छलेर ल्याएको सामान बरामद

भन्सार छलेर अवैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ।

भन्सार छलेर ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज १६ जयसपुरमा बेवारिसे अवस्थमा रहेको लत्ताकपडा, मोटरसाईकलको पार्टपुर्जा लगायतका सामान बरामद गरेको हो।  

उक्त सामानको अन्दाजी मुल्य १ लाख ४८ हजार ६ सय ९० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७८ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App