७ वैशाख २०८१ शुक्रबार
समाज

आफ्नै छोरा अलपत्र पारेर फरार भएका पर्वतका दम्पतिको खोजी

भारतको यमुनानगर बाल गृहमा रहेका ८ वर्षीय सुरज सार्की।

पर्बत दुर्लुङ–२ का भगवान सार्कीका छोरो ८ वर्षीय सुरज सार्की विगत ६ वर्षदेखि भारतको यमुनानगर  बाल गृहमा रहन बाध्य छन्।  सन् २०१६ मा अभिभावकले कुटपिट गरि हरियाणामा एक्लै छोडेर हिडेपछि  सुरज बालगृहमा रहदै आएका आफन्त नेपालले जनाएको छ। सुरज सार्की  २ बर्षको हुँदादेखिनै  उनलाई आप्mनै आमा बुवाले निर्घात कुटपिट गर्ने गरेको उल्लेख छ।  

सुरजको केसमा अदालतमा मुद्धा दर्तासमेत गरिएको थियो। मुद्दा दर्ता भए पश्चात सुरजका आमाबुवालाई कार्बाही समेत भएको थियो। कार्बाहीमा परेका ती दम्पति केही समयपछि फरार भए। त्यसपछि उनीहरु सम्पर्क विहीन भए र अहिलेसम्म पनि उनीहरु बारे केही खबर आएको छैन। आजसम्म पनि ती बालकलाई लिन कोही आएका छैनन्। त्यसैले ६ वर्ष बितिसक्दा पनि सुरज यमुना नगरको बाल कल्याण समिती अन्तर्गतको एक आश्रममा रहेका हुन्। उक्त समितीले ती बालकलाई उनको परिवार तथा आफन्तलाई  जिम्मा लगाएर स्वदेश फर्काउन चाहेको छ। 

यस विषयलाई लिएर क्राईम ब्रान्च हरियाणाले समेत ती बालकलाई उनकै आफन्तजन तथा परिवारलाई बुभाउन र स्वदेश फिर्ता गराउन ‘के आईएन’ अर्थात आफन्त नेपालका दिल्ली ब्रान्चलाई पत्र लेखेका छन्। यस विषयलाई लिएर केआइएन नेपालका दिल्ली ब्रान्चका प्रमुख नवीन जोशीले सुरज सार्कीका फरार भएका आमाबुवा र उनकोे घरठेगाना खोजीमा पर्बत जिल्लाका प्रहरी कार्यलयसंग समन्वय गरिरहेका छन्।  

आफन्त नेपाल विगत १४ वर्षदेखि मानव बेचविखन र लैंगिक हिंसा अन्त्यका लागि कार्य गर्दै आईरहेको छ। आफन्त नेपाल हाल नेपाल सरकार महिला, बालवालिका तथा ज्यष्ठ नागरिक मन्त्रालय अन्तर्गत मानब बेचविखन र ओसार पसार विरुद्धको राष्टिय समितीको सदस्य हो।

यस संस्थाले २०१९ मा विभिन्न सिमानाबाट १ हजार ३९ जना भारतलगायत मुलुकबाट ६० र २०२० मा विभिन्न सिमानाकाबाट ४९० तथा भारतबाट ६८ महिला तथा किशोरीको उद्धार र स्वदेश फिर्ता गराईपरिवारसंग पूनर्मिलन गराईएको जोशीले नागरिकलाई बताए।

फरार भएक सुरजका बुवाकाे नागरिकता

प्रकाशित: १५ भाद्र २०७८ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App