राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कालो मोसो दल्ने युबाहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य ब्यक्तिसंगै केहि युवाहरुलाई नियन्त्रणमा लिईएको छ । घटना भएको चार दिन पछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख,एसपी सुरेशप्रसाद काफ्लेले उक्त घटनामा संलग्न मुख्य ब्यक्ति सहित केहि युवाहरु पक्राउ परेको र उनिहरुमाथि अनुसन्धान भैरहेको जानकारी दिए ।
‘कालो मोसो दल्ने मुख्य ब्यक्ति सहित केहि युबाहरुलाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने ‘उनिहरु माथि अनुसन्धान भैरहेको छ ।’ उनले पत्रकार सम्मेलन मार्फत घटना र दोषीहरुका बारेमा सबै जानकारी गराईने समेत बताए । मुख्य दोषी सहितका युवाहरु नियन्त्रणमा आईनसकेको र उनिहरुलाई अनुसन्धान गरेर कारवाही प्रकृया अगाडी बढाईने एसपी काफ्लेले जानकारी दिए ।
गत शुक्रबार दिउँसो मेसु डा. सिंहमाथि एमाले निकट अनेरास्वबियुका जिल्ला संयोजक सर्जन परियारको समुहले कालोमोसो दलेको थियो । यसैबिच डा. सिंहमाथि कालो मोसो दल्नेहरुमाथि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले सोमबार पनि प्रदर्शन गरेका छन् । सयौँको संख्यामा रहेका उनिहरुले घोराहीमा बिरोध र्याली निकालेका थिए। यसअघि आईतबार तुलसीपुरमा बिरोध र्याली निकालेका थिए। उनिहरुले आईतबार र सोमबार जिल्लाका सरकारी तथा नीजि अस्पतालमा ईमरजेन्सी बाहेकका सबै उपचार सेवा बन्द गरेर आन्दोलन गरेका हुन्।
प्रकाशित: १४ भाद्र २०७८ ११:२२ सोमबार