१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङमा ट्रक दुर्घटनाः ३५ जना घाइते, आठ गम्भीर

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा आईचर ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्। 

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीबाट जिल्ला सदरमुकाम धादिङबेशी आउँदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक सोमबार बिहान दुर्घटना भएको हो।  

दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौस्थित ट्रमा सेन्टर लगिएको छ। हेलिकप्टरबाट ज्वालामूखी गाउँपालिका वडा नं ५ खरीका ५० वर्षीय बलराम अधिकारी, १७ वर्षीया संजिता तामाङ, ४८ वर्षीय राजाराम अधिकारी र २६ वर्षीया मिना श्रेष्ठलाई लगिएको छ।  

त्यस्तै, २० वर्षीय मानबहादुर तामाङ, ३५ वर्षीय सुवास तामाङ, ७० वर्षीया पार्वती आले र २८ वर्षीय दिलबहादुर बयलकोटीलाई एम्बुलेन्सबाट काठमाडौ पठाइएको छ। अन्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।  

अनियन्त्रित भएर ट्रक पल्टिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७८ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App