६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेका सात घर बाढीले भत्कायो

लगातारको वर्षापछि बाँकेको राप्तीसोनारी गाउँपालिकामा शुक्रबार दिउँसो बाढीले सात घर भत्काएको छ। ढल निकास नहुँदा पानी जम्मा भइ माटो र इटाले बनेका कच्ची घर बाढीले भत्काएको हो। घर भत्किए पनि मानवीय क्षति भनेको भएको छैन। 

राप्तीसोनारी गाउँपालिका–४, का लक्ष्मीनारायण थारु, कोठी लुहार, आशाराम थारु, सुमन दराइ र वडा नम्बर ५ की पार्वती ओली, धनीराम थारु र प्रकाश गिरीको घर भत्काएको इलाका प्रहरी कार्यालय बैजापुरका इन्चार्ज मुकुन्द सिग्देलले जानकारी दिए।उनका अनुसार लगातार परेका वर्षाले गाउँ डुबानको चपेटामा परेको छ। 

साथै ३ र ४ नम्बर वडाको सिमानामा पर्ने मोरंगा खोलामा पानीको बहाव अत्यधिक बढ्दा यातायातका साधन बन्द भएको इलाका प्रहरी कार्यालय बैजापुरका इन्चार्ज सिग्देलले जनाए। मंगलबारदेखि लगातार वर्षा हुँदा बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। 

जिल्ला सदरमुकाम नेपालगन्जका सेतुबिक चोक, काँरकाँदो लगायतका बजार क्षेत्रमा डुबान भएको छ। भारी वर्षा हुँदा यहाँको जनजीवन कष्टर बनेको छ। बाँकेको ढकेरीमा एक सय चार दशमलब ६ र खजुरामा ७८ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित: ११ भाद्र २०७८ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App