१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

विराटनगरमा एक जना युवालाई प्रतिबन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई मंगलबारसाँझ ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

पशुको उपचारमा प्रयोग हुने औषधि अलीले भारतको जोगबनीबाट ल्याउँदै गर्दा विराटनगर–१२ स्थित बखरीबाट पक्राउ परेको प्रहरीले जनाएको छ। पशुको उपचारमा प्रयोग हुने १३ काटुन औषधि बरामद गरिएको छ। अवैध रूपले ल्याउँदै गरेको प्रतिबिन्धत औषधि इफिकेक्स ५ काटुन, माइक्रोसुट १ काटुन र एन–बिमेलोक्स ७ काटुन बरामद भएको र उक्त औषधि लगभग २ लाख ७० हजार मूल्य बराबरको रहेको डिएसपी श्रेष्ठले बताए।

विराटनगरका औषधि पसलसँगको सम्पर्कमा अवैध रूपमा प्रतिबन्धित औषधि ओसारपसार गरेको हुनसक्ने र साउनयता मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित औषधिसहित ११ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ। बरामद भएका औषधिसहित अलीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७८ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App