१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा परी दुईको मृत्यु, एक बेपत्ता

कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन्।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो। छतको टिन मर्मत गर्ने क्रममा अचानक खसेर घाइते भएका उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै पोखराको नागढुङ्गामा ग२०प ६०७५ नम्बरको मोटरसाइकल र ग१य ११७१ नम्बरको गाडी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा–१७ विरौटा बस्ने १९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार आज बिहान पोखरा–२६ कालिकाचोकस्थित नहरले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। सोलुखुम्बु घर भई हाल पोखरा–२६ बूढीबजार बस्ने ११ वर्षीया दीपशिका भुजेल खेल्ने क्रममा अचानक नहरमा खस्दा बेपत्ता भएकी हुन्। उनको खोजी कार्यलाई तीव्रता दिएको प्रहरीको भनाइ छ।

प्रकाशित: ८ भाद्र २०७८ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App