१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोभिडका कारण यारतुंग पर्व औपचारिकतामै सीमित

मुस्ताङ जिल्लाको बारागाउँ मुक्ति क्षेत्र ग्रामिण नगरपालिकाका वासिन्दाले मनाउने यारतुंग पर्व यस वर्ष औपचारिकतामै सीमित गरि मनाइएकाे छ। काेभिडका कारण उक्त पर्व औपचारिकतामा मनाइएकाे हाे। 

यो पर्व यस क्षेत्रमा वसोवास गर्दै आएका गुरुङ तथा ठकुरी जातजातीले मनाउने विशेष पर्व हो। यो पर्वले जाडोयामको सुरु भएको संकेत गर्दछ। यस पर्वलाई सबैजना भेला भई विशेष रुपमा मनाउँदै आएका छन्। 

 बारा गाउँकै बासिन्दा तथा समाज सेवी र पर्यटन व्यवसायी छिरिंग नोगटुक गुरुङ प्रेम प्रसादका अनुसार १९ वटा गाउँका मानिसहरु मुक्तिनाथमा भेला भई यस पर्व मनाउने गर्दथे। तर बदलिँदो समयसंगै अहिले भने जम्मा ३ गाउँका मानिस भेला भई यो पर्व मनाउने गरेका छन्।

यारतुंग पर्व खिंगा, झारकोट, र रानीपौवाका गुरुङ र ठकुरी जातजातीका मानिसले मनाउने एक महत्वपूर्ण चाड हो। मुक्तिनाथमा भेला भई गर्मीयामलाई विदाई गर्न तथा जाडो यामलाई स्वागत गर्न यो पर्व राम्रो लुगा,गरगहना र राम्रो गीत गाएरै यो पर्व मनाईने गरिएको गुरुङले बताए।  

यस पर्वमा घोडाको दौड, भकुन्डो खेल, धनुविधा खेल एक आपसमा खेलिने गरिन्छ। बिजयीहरुले नगद पुरस्कार समेत पाउने गर्छन्। कोभिड महामारीका कारण विगत दुई वर्षदेखि यस पर्व लगाएत ल्होछार, दाचयांग जस्तो पर्वमा पनि यसको असर परेको देखिन्छ।  

अहिलेको समयमा भिडभाड गर्न नहुने भएकाले यो पर्व औपचारिकताका मै मनाइएको गुरुङले बताए। यस वर्ष यो पर्व सामान्य रुपले थोरै मानिसको उपस्थितिमा भगवानसंग सुख समृद्धिका लागि प्राथना गरिएको र बत्ती बालिएको उनले बताए।  

कोभिडकै कारण विभिनन मापदण्ड पनि अपनाएको उनले बताए। यो क्षेत्रलाई हिड्न किङ्डम अफ नेपालका रुपमा चिनिँदै आएको छ। अहिलेको समयमा पर्यटन व्यवसाय नै ठप्प भएको छ र यसको असर भने मुस्तांगमा पनि परेको उनले बताए। मुक्तिनाथमा पनि पर्यटनको असर परेको र कोभिड कै कारण अर्थमा पनि संकट परेको उनले थपे।

प्रकाशित: ८ भाद्र २०७८ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App