८ वैशाख २०८१ शनिबार
समाज

सिसडोल सडककै कारण उपत्यकाको फोहोर अस्तव्यस्त

काठमाडौं उपत्यकामा दैनिक एक हजार ४५ देखि १२ सय टन फोहोर उत्सर्जन हुन्छ। उपत्यकामा उत्सर्जन हुने फोहोरको अन्तिम विसर्जन नुवाकोट स्थित सिसडोल ल्यान्डफिल साइडमा हुँदै आएको छ। दैनिक हजार टनभन्दा बढी फोहोर उत्सर्जन हुने भएपनि केही सातायता फोहोर ल्यान्डफिल साइडमा लैजान सकिएको छैन।  

वर्षातका कारण सडक अवरुद्ध हुँदा ल्यान्डफिल साइडमा फोहोर पुर्‍याउन नसकिएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए। फोहोरको थुप्रोमाथि बनाइएको बाटो वर्षाको मौसममा बिग्रेपछि फोहोर व्यपस्थापनमा कठिनाई भएको श्रेष्ठको भनाई छ।  

'बाटो मर्मतको काम भइरहेको छ। अबको १५ दिनमा फोहोर उठाउन सुरु गर्छौ', श्रेष्ठले नागरिकसँग भने,'एक सयभन्द बढी फोहोरले लोड गरिएका ट्रक बाटो अवरुद्ध भएकै कारण होल्डिंगमा छन्।'  

फोहोरको दुर्गन्धले विभिन्न किसिमका संक्रमणजन्य रोग फैलन सक्ने वीर अस्पतालका मेडिकल कनसल्टेन्ट तथा फिजिसियन डा. सुखेस पुरुष ढकाल बताउँछन्। 'फोहोर भनेको दुर्गन्ध हो। यसमा विभिन्न हानीकारक किटाणु हुन्छन्। त्यसैले फोहोर अनहाइजेनिक कुरा हो। यसकै कारण बर्खाको मौसममा डेंगु, मलेरिया जस्ता रोगहरुको खतरा रहेको हुन्छु', ढकालले बताए।  

कोभिड संक्रमणका डरले पछिल्लो समय सबैले अनिवार्य मास्क लगाएका कारण पनि फोहोरबाट उत्पत्ति हुने सरुवा रोगमा कमी आएको चिकित्सकको भनाई छ।

प्रकाशित: ७ भाद्र २०७८ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App