१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अपुताली जग्गा बिक्री प्रकरणः वडा सिफारिसदेखि बिक्रीसम्म मिलिमत्तोमा

बढैयातालको अपुतालीको जग्गा बिक्री प्रकरणमा हकवाला कायम गर्न गरिएको वडा सिफारिसदेखि बिक्री गर्दासम्म मिलिमत्तोमा भएको भेटिएको छ। गैर नागरिकको नाममा रहेको २ बिगाहा ६ कठ्ठा जग्गा नक्कली हकवाला कायम गरेर बिक्री गर्दासम्म मिलिमत्तोमा भएको फेला परेको हो।  

हकवाला कायम गरिएको जैनव तेलिको नाममा वडाले गरेको सिफारिसदेखि पास हुँदासम्म विचौलियाको चलखेलबाट भएको पाईएको हो। २०४३ सालमा मृत्यु भईसकेका गैर नागरिक चिरकु तेली नाममा स्रेस्ता कायम भएको जग्गा स्वत नेपाल सरकारको नाममा हुन पर्नेमा छलछाम गरेर हकवाला कायम गरेर बिक्री गरेपछि तथ्य बाहिर आएको थियो। २०६८ सालमा स्थानीयले केशबहादुर कामीले नेपालको सरकारको नाममा जग्गा हुनु पर्ने भनि जिल्ला प्रशासनमा गरेको उजुरीपछि रोकिएको जग्गा व्यत्तिको नाममा पास भएर बिक्री भएको छ।

नागरिक दैनिकमा ‘अपुतालिको जग्गा मिलिमत्तोमा बेचविखन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अपुतालीको जग्गा पास भएको जैनव तेलिले आफन्त सैजाद तेलीको नाममा पास भएको १३ कठ जग्गा बाँसगढीको अन्जना दाहालको नाममा पास भईसकेपनि रातारात जग्गा पुनः सैजाद तेलीको नाममा फिर्ता भएपछि अपुतालीको जग्गा बिक्री प्रकरण रहस्यमय बन्दै गएको छ। हकवाला कायम गरेर २ बिगाहा ६ कठ्ठा पास भएको जैनव तेली नागरिकता नभएको र नागरिकता नम्बर फर्जी राखेर पास गरेको समेत स्रोतले दाबी गरेको छ। 

मालपोत कार्यालयमा पास गर्दा समावेश भएका प्रमाणको प्रतिलिपि माग्दा प्रजिअ शन्तबहादुर सुनार बिदामा रहेकाले मालपोत प्रमुख भिम केसीले आलटाल गरेको स्थानीय नेपाली कांग्रेसका नेता बिनु पाण्डे बताए। ‘हकवाला कायम गरेकाको नागरिकता र लगायतका प्रमाण हेर्न खोजेका थियौ’, उनले भने,‘प्रजिअ बिदामा रहेको भन्दै कार्यालयले कागज पत्र दिएन।’

अपुतालीको जग्गा हकवाला कायम गरेर अन्यत्र बिक्री भएको जग्गा फिर्ता गरेर कारबाहीबाट बच्न चलखेल गरिरहेको स्राेतको दाबी छ। मिलिमत्तो हकवाला कायम गरेर तल्लो तहका कर्मचारी, राजनीतिक दल र विभागका कर्मचारीको संलग्नतामा अपुतालीको जग्गा व्यक्तिको नाममा पास भएको खुलासासँगै कारबाहीबाट बच्न अन्यत्र बिक्री भएको जग्गा हकवालाको आफन्त सैजाद अलिको नाममा फिर्ता भएको स्रोतको दाबी छ। 

जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि रोक्का रहेको २ बिगाहा ६ कठ्ठा जग्गा मध्य १३ कठ्ठा जग्गा विचौलिया दबाबमा दाहाललाई पास गरेको समेत स्थानीयले दाबी गरेका छन्। लामो समयसम्म अपुताली कायम भएको र उजुरी परेको जग्गा व्यक्तिको नाममा पास गर्न विभागबाट अनुमति ल्याएर पास गरेको पाईएको छ।  

उक्त जग्गाको लागि पटक पटक बिभिन्न प्रलोभनमा पार्न गिरोह सक्रिय रहेको समेत कार्यालयका एक कर्मचारीले खुलाए।

मिलिमत्तोमा २ बिगाहा ६ कठ्ठा जग्गा मध्य हकवाला कायम गरेर अन्यत्र बिक्री गरेको जग्गा कायम हकवालाले दाहालको नाममा पास भएको १३ कठ्ठा जग्गा सैजाद तेलीका नाममा फिर्ता भएपछि वडा सिफारिसदेखि बिक्रीसम्म मिलिमत्तोमा भएको पुष्टि हुने स्रोतको दाबी छ।

प्रकाशित: २ भाद्र २०७८ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App