रगत अभाव भएको समययमा नया वर्ष २०८३ को अवसरमा पारी कपिलवस्तु कारागारमा रक्तदान गरिएको छ ।
जिल्ला कारागारको अयोजना तथा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा कारागारमा रक्तदान कार्यत्रम गरिएको हो । रक्तदान कार्यक्रममा ६० जना कैदीबन्दीले रक्तदान गरेको जेलर दलबहादुर बस्नेतले बताए । जिल्लामा रगतको अभाव भएको बेला नया वर्षको अवसरमा असल कामको सुरुवात स्वरुप कारागारका कैदीबन्दीहरु समेत यो पुन्य कामका सरिक भएको उनले बताए । बिभिन्न कसुरमा कारागारमा जीवन बिताईरहेका कैदीबन्दीहरु समेत यो उदाहरणीय काममा सरिक भएको उनले बताए ।
२ ब्लक रहेको कारागारमा ३ सय ८६ कैदीबन्दी छन् ।
प्रकाशित: १ वैशाख २०८३ १५:१८ मंगलबार





-600x400-wm.jpg)