देशभर पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न सवारी साधनको दुर्घटनामा ६ जनाको मृत्यु भएको हो, जसमा अन्य १४५ जना घाइते भएको प्रहरीले जनाएको छ।
पछिल्लो विवरण अनुसार सबैभन्दा बढी घाइते कोशी प्रदेशमा दुर्घटना भएको छ। सवारी साधन दुर्घटनामा मृत्यु हुनेमा कोशी प्रदेशमा १ जना, काठमाडौं उपत्यकामा १, मधेश प्रदेशमा १ जना, सुदूरपश्चिम प्रदेशमा १ जना, गण्डकी प्रदेशमा १ जना, बागमती प्रदेशमा १ जनाको मृत्यु भएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १०:४० मंगलबार





