२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालभर पछिल्लो २४ घण्टामा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।  

नेपाल प्रहरीका अनुुसार लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु तथा ४१ जना घाइते भएका छन् भने कोशी प्रदेशमा १ जनाको मृत्यु र १५ जना घाइते भएका छन् । त्यसैगरी मधेश प्रदेशमा १ जनाको मृत्यु र ३३ जना घाइते भएका छन्। 

यस्तै, बागमती प्रदेशमा २ जनाको मृत्यु र २ जना घाइते भएका छन् भने काठमाडौं उपत्यकामा २८ जना घाइते भएका छन्। गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ।  

कर्णाली प्रदेशमा मृत्यु नभए पनि १ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा १२ जना घाइते भएका छन्। 

प्रकाशित: ६ श्रावण २०८३ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App