१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

शनिबार ६ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा  मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे। बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए। पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ। तर विशेष गरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ। त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन्।

समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए। यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। रासस

प्रकाशित: ९ कार्तिक २०८२ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App