१५ चैत्र २०८० बिहीबार
समाज

धनकुटामा 'तपाईको मास्क खोई?' अभियान सञ्चालन

जिल्ला प्रहरी कार्यालय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ काे तेस्रो लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै 'तपाईको मास्क खोई?' अभियान सञ्चालन गरेको छ।

साे अभियान अन्तर्गत जिल्ला सदरमुकाम स्थित बजार क्षेत्रहरुमा प्रचारप्रसार, माइकिङसहित मास्क नलगाई हिँड्डुल गर्ने सर्वसाधारणहरुलाई १५ सय थान मास्क वितरण गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

त्यस्तै, जिल्ला कार्यालय मातहातका इकाईहरुले पनि अभियान सञ्चान गर्दै आ–आफ्नो क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने मानिसहरुलाई ३ हजार थान मास्क उपलब्ध गराईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। 

प्रकाशित: ३१ श्रावण २०७८ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App