४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीयको सक्रियतामा आधुनिक प्रहरी बिट बन्यो

पोखरा–३ नदीपुरमा नव निर्मित प्रहरी बिट ।

पोखरा महानगरपालिका–३ नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको छ । स्थानीयबासीको सक्रियतामा नदीपुरमा आधुनिक प्रहरी बिट निर्माण भएको हो ।  

गायक भाष्करध्वज श्रेष्ठको संयोजकत्वमा बनेको अर्थ संकलन उपसमितिले जुटाएको ३७ लाख रुपैयाँको लागतमा ६ कोठाको २ तले प्रहरी बिट निर्माण भएको नदीपुर प्रहरी बिटका ईञ्चार्ज प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी दिए । अर्थ संकलनमा प्रहरी बिट निर्माण समितिका संयोजक सहदेव बानियो, सचिव सनकमान सिके, प्रहरी हवल्दार गौतम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

३७ वर्षअघि सेती नहरको माथि बनाइएको अस्थायी प्रहरी बिट पछिल्लो क्रममा चुहिने भएको थियो । सामान्य ब्लक मात्र हालेर बनाइएको सो बिट साँघुरो हुँदा त्यहाँ कार्यरत प्रहरीले सास्ती खेप्दै आएका थिए । उनीहरुको काममा समेत असर पर्ने गरेको त्यहाँ कार्यरत प्रहरीहरु बताएका थिए । दिनभर काम गरेरपनि राती सुत्न नपाउँदा सो प्रहरी बिटका ईञ्चार्ज सँधै तनावमा हुन्थे । उनलाई प्रहरी बिट बनाउने हुटहुटी जाग्यो ।  

प्रहरी बिट राम्रो बनाउन सके स्थानियलाई प्रभावकारी सुरक्षा दिन सकिन्थो भन्ने लागेर उनले स्थानिय समाजसेवीहरुलाई आग्रह गरे । नभन्दै प्रहरी हवल्दार श्रेष्ठको प्रस्ताव मनासिव लागेपछि स्थानिय समाजसेवी सहदेव बानियाँको संयोजकत्वमा निर्माण समिति र डि–मर्चा ब्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठको संयोकजत्वमा अर्थ संकलन उपसमिति बन्यो । 

र्थ संकलन उप समिति संयोजक श्रेष्ठले सुरुवात आफैबाट गर्नुपर्छ भन्दै बुबा गोविन्दध्वज श्रेष्ठ र परिवारको नाममा ९५ हजार रुपैयाँ भवन निर्माणका लागि हाले । उनले स्थानियसहित आफ्ना आफन्त र साथीभाईलाई गुहारे । जसको प्रतिफल अहिलेको आधुनिक प्रहरी बिट बन्यो । नवनिर्मित प्रहरी बिटको शनिबार पोखरा–३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले समुद्घाटन गरे । भवन उद्घाटनको अवसरमा सो प्रहरी बिटका ईञ्चार्ज प्रहरी हवल्दार गौतम श्रेष्ठसहित त्यहाँ कार्यरत ५ जना प्रहरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित: ३० श्रावण २०७८ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App