४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

शनिबारदेखि जेसीज सप्ताह

सुर्खेत महिला जेसीजले सप्ताहव्यापी विविध कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने भएको छ। शनिबारदेखि विविध कार्यक्रम गरेर जेसीज सप्ताह बनाउन लागिएको महासचिव सीता भण्डारीले जानकारी दिइन्।

जेसीज सप्ताह अन्तरगत वक्तित्वकला प्रतियोगीतादेखि नारी सम्मान कार्यक्रमहरु राखिएका छन्। महिला जेसीजले संस्थापक कार्यकारीणी उपाध्यक्ष तुलसी थापाको सम्झनामा शनिबार तुल्सी स्मृति वक्तित्वकला प्रतियोगिताको आयोजना गर्दैछ।

यस्तै आइतबार बढ्दो कोरोना महामारीविरुद्ध जनचेतनामूलक कार्यक्रमअन्र्तगत मास्क वितरण कार्यक्रम राखिएको छ। बेसहारा बालबालिकाको संरक्षण गर्दै आएको साझा घरका लागि सोमबार खाद्यान्न वितरण गरिनेछ भने मंगलबार उद्घोषण तालिमको आयोजना गरिएको छ।

यस्तै प्रशान्ति बृद्धाश्रममा बुधबार बृद्धबृद्धाहरुलाई खिर खुवाउने कार्यक्रम राखिएको अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। बिहीबार सेल्फ मेकअप प्रतियोगिताको आयोजना गरिएको छ भने शुक्रबार नारी सम्मान कार्यक्रम गरेर सप्ताह सम्पन्न हुनेछ। महिला जेसीजले जेसीज सप्ताहमा हरेक वर्ष समाजमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई उत्कृष्ट नारी सम्मानबाट सम्मानित गर्दै आइरहेको छ।

कानुनी सल्लाहकार एवम् २०१९ का अध्यक्ष सिया कार्की प्रधानले पूर्व अध्यक्षहरु सम्मिलित समितिले गरेको छनौटका आधारमा ‘उत्कृष्ट नारी’सम्मान वितरण गरिने जानकारी दिइन् ।

प्रकाशित: २८ श्रावण २०७८ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App