१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फरार अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरीको 'फ्याप' अभियान

विभिन्न कसुरमा अदालतले सजाय तोके पनि लामो समयदेखि फरार रहदै आएका अपराधीलाई पक्राउ गर्न मंगलबारदेखि प्रहरीले फ्युगिटिभ अरेस्ट प्रोग्राम (फ्याप) अभियान चलाएको छ।

अभियानअन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेको छ। मंगलबार ८१ जना र बुधबार ७४ जना फरार रहँदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। फरार अपराधीलाई पक्राउ गर्न प्रहरीले फ्याप अभियान संचालन गरेको प्रहरी उपरीक्षक कार्कीले बताए।  कपिलवस्तुमा विभिन्न मितिमा लागुऔषध, जवरजस्ती करणी, चोरी, कुटपिट,  सवारी ज्यान, जुवाजस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको हो।

फ्यापलाई प्राथमिकता दिई कार्यतीब्रता दिने क्रममा २ दिनमा नै १ सय ५५ जना पक्राउ गरिएको उनले बताए। ‘अपराधीहरुलाई कानुनी दायरामा ल्याउन अभियान चलाइएको हो’, एसपी कार्कीले भने, ‘अपराध गर्नेहरू एकदिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौँ।’

प्रकाशित: २८ श्रावण २०७८ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App