१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा

निषेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङ नियन्त्रणमा लिएको छ। बिहीबारदेखि कडाई गरिएको निषेधाज्ञामा जरुरी काम बिना सञ्चालन गरिएका चार वटा जीप र १५ वटा मोरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेलले बताए। 

नियन्त्रणमा लिएका सवारी साधन जिल्ला प्रहरी कार्यालयमा होल्ड गरेर राखिएको र आवश्यक कारबाही गरेर मात्रै फिर्ता गर्ने पौडेलले बताए ।  

‘निषेधाज्ञाको समयमा अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधन हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने,‘अहिले जिल्ला प्रहरी कार्यालयमा होल्ड गरेका छौं। चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी १९ वटा सवारी साधन रहेका छन्। आवश्यक कारबाही गरेर मात्रै फिर्ता दिन्छौं।’ 

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाको कार्यान्वयनका लागि प्रहरीले गस्ती गर्ने क्रममा अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधन नियन्त्रणमा लिईएको हो।

नियन्त्रणमा लिईएको दुई पाङ्ग्रे सवारीलाई दुई हजार र चार पाङ्ग्रेलाई ५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने बताईएको छ।

प्रकाशित: २८ श्रावण २०७८ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App