१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ

चितवन प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। वन पैदावर चोरी निकासी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।  

वन पैदावर चोरी निकासी मुद्दामा दुई लाख छ हजार नौ सय साठी जरिवाना तोकिई फरार रहेका चितवनको खैरहनी नगरपालिका वडा न.१ बस्ने ३० को वर्षीय बिनोद बुर्लाकोटीलाई पक्राउ गरिएको छ। जिल्ला अदालत चितवनको मिति २०७६ मंसिर १७ गतेको फैसलाले जरिवाना तोकेको थियो।  

त्यस्तै सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद र नगद पचास रुपैयाँ जरिवाना तोकी फरार रहेका चितवनको खैरहनी नगरपालिका वडा न.२ बस्ने २६ वर्षीय संजोग भट्टलाई पनि पक्राउ गरिएको छ। 

जिल्ला अदालत धादिङको २०७४ माघ २८ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा जरिवाना तोकिएको थियो। पक्राउ गरिएकाहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०७८ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App