८ वैशाख २०८१ शनिबार
समाज

बिरामीमाथि यौनहिंसा गरेको आरोपमा डा. शर्मा पक्राउ

मादक पदार्थ सेवन गरी बिरामी पुरुषमाथि यौनहिंसा गरेको आरोपमा धनकुटा ७ स्थित परिचय मोडमा रहेको सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन्। उनलाई प्रहरीले बिहान पक्राउ गरेको हो। मध्यराती यौन हिंसामा परेको ५३ वर्षीय बिरामी र डा. शर्माबीच एकाविहानै भनाभन भएपछि घटना बाहिर आएको हो।

धनकुटाको पाख्रिबास घर भएका ५३ वर्षीय बिरामीले आफूलाई डा. शर्माले मध्यराति यौन दुव्यवहार गरेको बताएपछि उनी पक्राउ परेका हुन्।आइताबार साँझ धनकुटा बजारमा आयोजना गरिएको एक जन्मदिन पार्टीमा सहभागी भएर डा. शर्मा मेडिकल फर्किएका थिए। पिसाब थैली समस्या भई मेडिकलमा उपचारका लागि भर्ना भएका ५३ वर्षीय ती पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी दीपकुमार रायले जानकारी दिए। उनका अनुसार पाख्रीबास नगरपालिकाको ती बिरामीले आफूलाई शर्माले यौन हिंसा गरेको भन्दै मौखिक रुपमा विहानै उजुरी दिएका छन्।

विराटनगर माहानगरपालिका वडा नं १२ खरैया घर भएका डा. शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित सुवास मेडिकल हलमा चिकित्सकका रुपमा कार्यरत रहेका छन्। राति करिव ११–१२ बजेको समयमा मादक पदार्थ सेवन गरी बिरामी सुतेको कक्षमा पुगेको शर्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले बताए। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको र पीडितको लिखित जाहेरी आइसकेपछि आवश्यक कानुनी कार्वाही अघि बढाउने जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७८ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App