१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धनकुटामा थप २९ जनामा कोरोना संक्रमण

धनकुटामा आज २९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमित संख्या २ सय ७ पुगेको छ। अहिले सम्म होमआइसोलेसनमा १ सय ८४, संस्थागत आइसोलेसना १० र जिल्ला अस्पतालको आइसोलेसनमा १३ जना उपचाररत रहेका छन्। 

त्यस्तैगरी, आज १६ जना निको भएसंगै निको हुने संख्या जिल्लामा २ हजार ३ सय २० पुगेको छ। जिल्लामा संक्रमण भइ मृत्यु हुने १२, जिल्लामा संक्रमित भई बाहिर जिल्लामा उपचारको क्रममा मृत्यु हुने १७ र स्थायी ठेगाना धनकुटा भई बाहिर जिल्ला बसोबास गर्ने क्रममा संक्रमण भई मृत्यु हुने १० गरी जम्मा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या २९ पुगेको जिल्ला प्रशासन कार्यालय धनकुटाकाे तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २५ श्रावण २०७८ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App