२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किर्ते गरी जग्गा बेच्न खोज्ने कारागार चलान

किर्ते गरी मोरङको उर्लाबारीको एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक जना महिला कारागार चलान भएकी छन्।

मोरङ उर्लाबारी नगरपालिका–८ की ४५ वर्षीया जानुका भुजेललाई ठगी मुद्दामा मोरङ जिल्ला अदालतको आदेशबाट कारागार चलान भएकी हुन्। जानुका र उनका श्रीमान ५४ वर्षीय शिवकुमार भुजेलविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। बिहीबार जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलासलले जानुकालाई १ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। जानुकाले धरौटी बापतको रकम जम्मा गर्न नसकेपछि थुनामा राख्न कारागार चलान गरिएको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले बताए।  

जानुकाले आफ्नो नाममा दर्ता रहेको जग्गा एक जना व्यक्तिलाई पहिले बेचिसकेको र श्रीमानसँग मिलेर पुनः त्यही जग्गा अर्का व्यक्तिलाई बेच्ने प्रयार गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको हो। भुजेल दम्पत्तिले ०७६ पुस २७ गते राजघाट ७ (ख) कित्ता नम्बर १४४८ र १४५१ नम्बरको १० धुर जग्गा उर्लाबारी–९ की सीतादेवी सुब्बालाई १ लाख ५० हजार रूपैयाँमा बिक्री गरेका थिए।

पुनः त्यही जग्गा उनीहरुले ०७७ असोज १६ गते उर्लाबारी–७ की लक्ष्मी लिम्बूलाई दोस्रो पटक बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। लिखत कागज नै गराएर लक्ष्मीलाई ७ लाख रूपैयाँमा बिक्री गर्न खोजिएको प्रहरीले जनाएको छ।  

आफूले किन्नका लागि कागज गरिसकेको जग्गा पहिले नै अर्को व्यक्तिलाई बिक्री गरेको थाहा पाएपछि भुजेल दम्पत्तिविरुद्ध लक्ष्मीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी थिइन्। भुजेल दम्पत्तिविरुद्ध ०७८ असार २३ गते ठगी मुद्दामा जाहेरी लक्ष्मीले दिएकी प्रहरीले जनाएको छ। असार २६ गते जानुका घरबाट पक्राउ परेकी थिइन् भने उनका श्रीमान शिवकुमार फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७८ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App