१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जोशी दम्पत्ती अझै बेपत्ता

कर्णाली नदीमा जिप खसेर शुक्रबार बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरू चढेको बा.११ च ९३८ नम्बरको जिप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ। जिपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरिक्षक पुष्कर पन्तले जानकारी दिए। 

उनले नदीको उच्च वहाब र धमिलो पानीका कारण खोजी कार्यमा समस्या भइरहेको बताए। गोताखोरको माध्यमबाट दम्पत्तीको खोजी कार्य भइरहेको छ। ‘खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘गोताखोरले पानी धमिलो भएकाले कठिन भइरहेको बताएका छन्।’

डोटीको आदर्श गाउँपालिका–३ काँडेका चन्द्रप्रकाश जोशी र उनकी पत्नी रूबी जोशी जिपसँगै कर्णाली नदीमा खसेका थिए। उनीहरू कर्णाली चिसापानीबाट करिब साढे तीन किलोमिटर उत्तर मोहन्याल गाउँपालिका–७ बतासे डाडाँबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। उनीहरूसँगै जिपमा रहेका तीन बालबालिका भने घाइते अवस्थामा नदी किनारमा भेटिएका थिए। 

घाइते अवस्थामा भेटिनेका १२ वर्षकी लक्ष्मी जोशी, ४ वर्षकी सावित्री जोशी र २ वर्षका भुवन जोशी रहेका छन्। उनीहरू जोशी दम्पत्तीका छोराछोरी हुन्। घाइतेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित: १७ श्रावण २०७८ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App