१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अर्घाखाँचीको शितगंगा नगरपालिकाले एकल पुरुष र ‘ग’ वर्गका अपाङ्गता भएकालाई पनि भत्ता दिने

शितगंगा नगरपालिकाले एकल महिलालाई दिँदै आएको सुविधा एकल पुरुषलाई पनि दिने भएको छ। नगरपालिका भित्र रहेका एकल पुरुषलाई मासिक भत्ता दिने व्यवस्था गरेको हो।  

४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था गरिएको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताए। यस चालु आर्थिक वर्षको बजेटबाट एकल पुरुषलाई पनि भत्ता दिने गरि प्रबन्ध मिलाईएको नगरप्रमुख अधिकारीको भनाइ छ। ३५ वर्ष पुगेका एकल महिला र ४० वर्ष पुगेका एकल पुरुषहरुलाई नगरले मासिक भत्ताको व्यवस्थापन गरेको हो। अन्य सेवा नलिएका ३५ वर्ष माथिका एकल महिला र ४० वर्ष माथिका एकल पुरुषलाई भत्ता उपलब्ध गराईनेछ।  

यस्तै नगरपालीकाले ‘ग’ वर्गका अपाङ्गता भएकाहरुलाई मासिक भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको छ। नगरपालिकाले ‘ग’ वर्गका अपाङगता भएका व्यक्तिहरुलाई सम्मान स्वरुप मासिक भत्ताको व्यवस्था गरेको हो। ‘क’ र ‘ख’ वर्गका अपाङगता भएकालाई संघीय सरकारबाट मासिक भत्ताको व्यवस्था भएपनि ‘ग’ वर्गका अपाङ्गलाई सुविधाले नछोएको भन्दै भत्ताको व्यवस्था गरिएको नगर उपप्रमुख टिका रेश्मीले बताए।

प्रकाशित: १६ श्रावण २०७८ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App