१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालीगण्डकी नदीले बगाउँदा दुई किशोर बेपत्ता

कालीगण्डकी नदीले बगाउँदा यहाँका दुई किरोश वेपत्ता भएका छन्। बिहीबार दिउँसो एक बजेको समयमा साथीहरु सहित कालीगण्डकी नदीमा पौडी खेल्न गएका उनीहरुलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

नदीले बगाएर वेपत्ता हुनेमा बागलुङ नगरपालिका- ४ उपल्लचौरका हरि विकका छोरा १३ वर्षका अभिशेक विक र सोही ठाउँका थम बहादुर पुनको छोरा १३ वर्षका यमबहादुर पुन रहेका छन्। उनीहरुसंगै पौडी खेल्न गएका बागलुङ नगरपालिका—४ उपल्लाचौरका अनिल खातकिा छोरा वर्ष १० का प्रश्नव विक र सोही ठाउँका अमृत पुनका छोरा १२ वर्षका विशान पुन सकुसल रहेका छन्।  

वेपत्ताहरुको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना र विपद व्यवस्थापन गुल्म बागलुङबाट १५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इकबाल हवारीले जानकारी दिए। 

प्रकाशित: १४ श्रावण २०७८ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App