१६ चैत्र २०८० शुक्रबार
समाज

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २५७ पुग्यो

धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको छ। आज जिल्लामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको हो। 

यस्तै, आजै १५ जना निको भएका छन्। यो संगै जिल्लामा निको हुनेको संख्या २ हजार ४५ पुगेको प्रदेश १ कोरोना संक्रमण व्यवस्थापन केन्द्रको तथ्याङकमा उल्लेख छ।  

यसैगरी २ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण गरिएको छ। हालसम्म सक्रिय संक्रमित १ सय ८६ जना रहेका छन् भने १ सय ५४ जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा १९ र १३ जना जिल्ला अस्पतालमा उपचारत छन्।  

जिल्लामा आइसोलेसन बेड ७९ वटा रहेका छन् भने ६८ वटा अक्सिजन सिलिन्डरको व्यवस्था रहेको छ। जिल्लामा मृत्यु हुने संख्या २७ पुगेकाे छ।

प्रकाशित: १२ श्रावण २०७८ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App